‘पुष्पा २’ को नयाँ पोष्टरमा अल्लू अर्जुन र रश्मिको प्रेम
शुक्रबार, १६ कात्तिक २०८१, ११ : ३६
मुम्बई । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २ः द रूल’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । दीपावलीको अवसर पारेर सार्वजनिक नयाँ पोष्टरमा अल्लू अर्जुन र रश्मिका मन्दनाको प्रेम र रोमान्स झल्काइएको छ ।
५ डिसेम्बर २०२४ मा प्रदर्शन हुँदैछ । फिल्ममा अल्लु र रश्मिकाको अलवा फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ ।
सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको फिल्म नवीन येर्नेनी र रविशंकर यलमाञ्चिलीले निर्माण गरेका हुन् । सन् २०२१ मा रिलिज सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेलको रुपमा ‘पुष्पा २ः द रूल’ निर्माण भएको हो । फिल्म निर्माण घोषणा भए देखिनै चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण