कोशी प्रदेशको पहिलो जित, कर्णाली प्रदेशलाई सजिलै हरायो
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा कोशी प्रदेश विजयी भएको छ । कोशी प्रदेशले कर्णाली प्रदेशलाई एक सय १८ रनले हराएको हो ।
जारी प्रतियोगितामा चौथो खेल खेलेको कोशी प्रदेशको यो पहिलो जित हो । तेस्रो खेल खेलेको कर्णाली प्रदेशको भने यो तेस्रो हार हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले ४८.३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने २५.१ ओभरमा अलआउट हुुनुअघि ८५ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको कोशी प्रदेशका लागि सोनी अन्सारीले ८९ रनको योगदान गरेका थिए । उनले ९५ बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काए ।
कोशी प्रदेशका लागि एस्टिन रिजालले पनि २३ रन बनाए । आषिश मगरले २१ रन जोडे । कोशी प्रदेशले अतिरिक्त रुपमा २६ रन पाएको थियो । कर्णाली प्रदेशका बलर अरविन्द घर्तीले चार विकेट लिएका थिए । युनिस ठकुरी र विजय बोहराले पनि दुई–दुई विकेट हात पारे ।
कर्णाली प्रदेशका लागि भने अरविन्द घर्तीले सर्वाधिक २१ रन बनाए । कमल बिष्टले १७ रन बटुले । कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । कोशी प्रदेशका बलर आषिश मगर र प्रेम कामतले तीन–तीन विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण