स्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो
भ्यालेन्सिया । स्पेनमा भीषण बाढीका कारण अहिलेसम्म कम्तिमा २ सय जनाको ज्यान गएको छ । अझै धेरै मानिस बेपत्ता भएको खबर पनि आएको छ । आपतकालीन टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी राखेका छन्।
स्पेनमा सबैभन्दा बढी मृत्यु भ्यालेन्सिया क्षेत्रमा भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।
सरकारले बाढीको खतराबारे पहिल्यै सचेत गराएको भए यस्तो विनाश नहुने स्पेनका नागरिकहरू बताउँछन्। भ्यालेन्सियाको अल्डाया सहरमा बस्ने जुआन गोन्जालेजले बीबीसीलाई भने, ‘यहाँको क्षति विनाशकारी छ। यो एक क्षेत्र हो जहाँ आकस्मिक बाढीको सम्भावना थियो। तर हाम्रो सरकारले यसलाई रोक्न केही गरेन।‘
अर्का स्थानीय अगस्टिनले भने, ‘हामी बसेको फ्ल्याट पूर्ण रूपमा पानीमा डुबेको छ । म आफ्नी श्रीमती र छोराछोरीसँगै मेरो आमाबुवाको घरमा बस्छौँ।’ स्पेनमा शनिबार पनि पानी पर्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण