बक्स अफिसमा सिंघम अगेनको धमाकेदार ओपनिङ
नयाँ दिल्ली। अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म सिंघम अगेन शुक्रबारदेखि ठूलो पर्दामा रिलिज भएको छ। फ्यानहरू धेरै वर्षदेखि निर्देशक रोहित शेट्टीको यो मल्टिस्टारर फिल्मको उत्सुकताका साथ पर्खिरहेका थिए।
सिंघम अगेनले रिलिजको पहिलो दिन बक्स अफिसमा उत्कृष्ट व्यापार गर्ने अनुमान गरिएको थियो । बम्पर अग्रिम बुकिङ कलेक्शन र अजय देवगनबाहेक सिनेमा जगतका ठूला कलाकारको उपस्थितिका आधारमा यो फिल्मले ओपनिङको दिन बक्स अफिसमा आँधी ल्याउने दाबी गरिएको थियो ।
स्याकनिल्कको प्रारम्भिक रिपोर्टको आधारमा सिंघम अगेनले रिलिजको पहिलो दिन ४३ करोड ५० लाख भारतीय रुपैयाँको ब्यापार गरेको छ । यो फिल्म अजयको करियरकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । यसअघि सन् २०१५ मा रिलिज भएको सिंघम रिटर्न्सले रिलिजको पहिलो दिन ३२ करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गरेको थियो ।
चलचित्रमा अजय देवगन बाहेक, करिना कपुर, अर्जुन कपूर, ज्याकी श्राफ, अक्षय कुमार, दीपिका पादुकोण, टाइगर श्राफ र रणवीर सिंहको भूमिका रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण