कविता
फ्याँकिएका मान्छेहरू
शनिबार, १७ कात्तिक २०८१, १४ : ११
फ्याँकिएका मान्छेहरू
सडक सडकमा लडिरहेछन्
हेरिरहेछन् एकनासले
महँगा कारमा चिप्लिनेहरू
त्यस कार भित्र
कोही व्यापारी’
कोही पदभार सम्हालेका नेता
कोही ज्यू हजुर गर्नेहरू
कोही नेताका आशीर्वाद पाउनेहरू
कुनै दिन तिनै पनि
पैदलै हिँड्थे यही सडकमा
आन्दोलन र विरोध गर्थे
झुन्ड झुन्ड भई यही सडकमा
त्यतिखेर तिनै भन्थे
भ्रष्टाचार गर्नु हुन्न
सरकारी जग्गा मिच्नु हुन्न
सहकारी ठगी गर्नु हुन्न
उद्योगधन्दा मास्नु हुन्न
रोजगारीको सिर्जना हुनुपर्छ
कृषिमा विकाश गर्नुपर्छ
अब अहिले
तिनै के भन्छन्
केही थाहा छैन
फ्याँकिएका मान्छेहरूलाई
किनकि आजका दिन
पैदल हिँडदैनन् तिनीहरू
महँगा कारमा चिप्लिरहन्छन्
पालै पालो धूलो उडाएर
यही सडकमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण