हङ्कङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाको पोल्टामा
काठमाडौँ । हङ्कङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाली टोलीले जितेको छ । श्रीलंकाले आइतबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई तीन विकेटले हराउँदै उपाधि चुमेको हो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५.२ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाली टोलीले भने पाँच ओभरमै तीन विकेट गुमाएर ७६ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
श्रीलंकाको जितमा ओपनर सन्दुन विराक्कोदीले ३४ रनको योगदान गरे । उनले १३ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । अर्का ओपनर धनन्जय लक्सन भने दुई रनमै पेभेलियन फर्किए । कप्तान लाहिरु मधुसनकाले १९ रन बनाए । उनले पाँच बलमा तीन छक्का प्रहार गरे ।
चौथो नम्बरका ब्याट्सम्यान लाहिरु सामराकुनले पनि अविजित एक रन जोडे । पाँचौँ नम्बरका ब्याट्सम्यान थारिन्दु रत्नायकेले पनि टोलीका लागि अविजित १६०० रनको योगदान गरे । उनले केवल चार बलमा दुई छक्का र एक चौका प्रहार गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर मुहम्मद अखलकले ४८ रनको योगदान गरेका थिए । उनले केवल २० बलको सामना गरी तीन छक्का र पाँच चौका हिर्काएका थिए । अर्का ओपनर आसिफ अली भने शून्य रनमै पेभेलियन फर्किएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान हुसैन तलत पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान फाहिम असरफले १३ रन बनाए । उनले चार बलमा दुई छक्का पनि प्रहार गरे । आमेर यामिन भने ६ रन बनाउँदै आउट भए ।
साहद खान भने एक रनभन्दा अगाडि बढ्न सकेनन् । श्रीलंकाली टोलीका बलर धनन्जय लक्सन र थारिन्दु रत्नायकेले दुई–दुई विकेट लिए । निमेष विमुक्थी र लाहिरु मधुसनकाले पनि एक–एक विकेट हात पारेका थिए ।
प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियालाई चार विकेटले र श्रीलंकाले बंगलादेशलाई तीन विकेटले हराएर फाइनलमा स्थान पक्का गरेका थिए । यो प्रतियोगितामा नेपालको पनि सहभागिता रहेको थियो । तर, नेपाली टोली प्रतियोगिताको क्वार्टरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण