इजिप्टका राष्ट्रपति र आईएमएफका प्रवन्ध निर्देशकबीच क्षेत्रीय संकट र आर्थिक सुधारबारे छलफल
कायरो । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले आईतवार कायरोमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँग भेट गरेका छन्।
दुई जनाले जारी क्षेत्रीय संकटको बीचमा देशको आर्थिक सुधार कार्यक्रमबारे छलफल गरेको समाचारमा उल्लेख छ । वार्ताका क्रममा सिसीले देशको आर्थिक स्थायित्व अभिवृद्धि गर्न र मुद्रास्फीति घटाउन आर्थिक सुधार कार्यक्रम कार्यान्वयनमा आईएमएफसँग सहकार्य जारी राख्न इजिप्टको आकांक्षा व्यक्त गरेको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सिसीले इजिप्टको प्राथमिकता मुद्रास्फीति विरुद्ध लड्न, लगानी आकर्षित गर्ने र निजी क्षेत्रलाई रोजगारी र वृद्धि दर बढाउन सशक्त बनाउनु रहेको कुरामा जोड दिएका छन् । बैठकपछि जर्जिएभासँगको संयुक्त पत्रकार सम्मेलनमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले भने कि आईएमएफले २०२२ मा स्वीकृत भएको ४६ महिनाको आईएमएफ ऋण कार्यक्रमको चौथो समीक्षा मङ्गलवारबाट शुरु गर्ने र यो वर्ष ८ अर्ब अमेरिकी डलरसम्म बिस्तार गर्ने बताए ।
जर्जिएभाले इजिप्टको आर्थिक वृद्धिदर हालको २.४ प्रतिशतबाट २०२५ आर्थिक वर्षमा ४.२ प्रतिशतमा झर्ने र मुद्रास्फीति दर १६–१७ प्रतिशतमा झर्ने अपेक्षा गरिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण