उत्तराखण्डको अल्मोडामा बस दुघर्टना, २२ जनाको मृत्यु

नयाँदिल्ली । सोमबार बिहान उत्तराखण्डको अल्मोडाको मार्चुलामा यात्रु खचाखच रहेको बस दुघर्टना भएको छ । बस अनियन्त्रित भएर भिरमा खसेको थियो । स्थानीय बासिन्दाको सहयोगमा यात्रुहरूलाई निकाल्ने काम भइरहेको छ ।
बस दुर्घटनामा २२ जनाको मृत्यु अल्मोडा जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनीत पालले बीबीसी हिन्दीलाई भनेका छन् । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ ।
रामनगर जाँदै गरेको बस सल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको थियो । ‘दुर्घटनामा मारिएकाहरूको शव निकाल्ने काम भइरहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।’
अल्मोडाको साल्ट क्षेत्रका एसडीएम अधिकारी सञ्जय कुमारले भनेका छन् । बसमा फसेकाहरूलाई बाहिर निकाल्ने काम भइरहेको बताइएको छ ।
अल्मोडामा भएको बस दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले विपद् व्यवस्थापन सचिव आयुक्त कुमाऊँ मन्डल र अल्मोडाका डीएमसँग फोनमा कुरा गरेर जानकारी लिएका छन् ।
यस क्रममा उनले उद्धार र राहत कार्यलाई शीघ्रता दिन निर्देशन दिएका छन् । एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थलमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता
-
कर्णालीलाई सुहाउँदो बजेट आउँछ : मन्त्री शाह
-
‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा सिराहामा खुकुरी प्रहार, तीनजना पक्राउ
-
बजेट कार्यान्वयनको सन्दर्भमा सरकार हराइरहेको छ
-
प्रिसा साह मृत्यु प्रकरण : भुवनेश्वर प्रहरीले के भन्यो ?
-
कालीगण्डकी तर्न साँघुको भर