उत्तराखण्डको अल्मोडामा बस दुघर्टना, २२ जनाको मृत्यु
नयाँदिल्ली । सोमबार बिहान उत्तराखण्डको अल्मोडाको मार्चुलामा यात्रु खचाखच रहेको बस दुघर्टना भएको छ । बस अनियन्त्रित भएर भिरमा खसेको थियो । स्थानीय बासिन्दाको सहयोगमा यात्रुहरूलाई निकाल्ने काम भइरहेको छ ।
बस दुर्घटनामा २२ जनाको मृत्यु अल्मोडा जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनीत पालले बीबीसी हिन्दीलाई भनेका छन् । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ ।
रामनगर जाँदै गरेको बस सल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको थियो । ‘दुर्घटनामा मारिएकाहरूको शव निकाल्ने काम भइरहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।’
अल्मोडाको साल्ट क्षेत्रका एसडीएम अधिकारी सञ्जय कुमारले भनेका छन् । बसमा फसेकाहरूलाई बाहिर निकाल्ने काम भइरहेको बताइएको छ ।
अल्मोडामा भएको बस दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले विपद् व्यवस्थापन सचिव आयुक्त कुमाऊँ मन्डल र अल्मोडाका डीएमसँग फोनमा कुरा गरेर जानकारी लिएका छन् ।
यस क्रममा उनले उद्धार र राहत कार्यलाई शीघ्रता दिन निर्देशन दिएका छन् । एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थलमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण