मेक्सिकोमा भेटियो हराएको माया सहर
मेक्सिको सिटी । शताब्दीयौंदेखि मेक्सिकोको जङ्गलमा हराइरहेको माया सभ्यताको शहर खोजिएको छ । यो पुरानो लुप्त सहर कुनै दिग्गज पुरातत्वविद्हरूले नभएर एक अनुसन्धान छात्रले पत्ता लगाएका हुन् ।
पीएचडीका विद्यार्थी ल्यूक औल्ड–थोमसले पुरानो डाटाको पुनः विश्लेषण गरेपछि संयोगवश सहर पत्ता लगाएका थिए । उनले यसअघि अरु पुरातत्वविद्हरूले नदेखेका पिरामिड, पुल, एम्फीथिएटर र खेल मैदानहरू पनि पत्ता लगाएका छन् ।
सहर लेजर सर्वेक्षणको एउटा प्रकार भनिने लाइडारको प्रयोग गरेर पत्ता लगाइएको थियो । यो निकै ठुलो सहर थियो । ७५० देखि ८५० ईस्वीको बिचमा आफ्नो उत्कर्षमा भएको समयमा यसमा ५० हजारभन्दा धेरै घर रहेको हुन सक्ने अनुमान गरिएको छ । सहरको नाम वेलेरियाना राखिएको छ । सहर शताब्दीयौंदेखि मेक्सिकोको जंगलमा लुकेर बसेको थियो ।
उत्तरी एरिजोना विश्वविद्यालयका मानवशास्त्री ल्यूक औल्ड–थोमसले लाइडार नामक अत्याधुनिक लेजर म्यापिङको प्रयोग गरेर दक्षिण–पूर्वी मेक्सिकन राज्य क्याम्पेचेमा यो सहर पत्ता लगाएका हुन् । लामो समयसम्म, माया सभ्यताको नमुना जम्मा केही सय वर्ग किलोमिटर मात्र रहेको अनुमान गरिएको थियो । सो नमुना पनि पुरातत्वविद्हरूले धेरै मेहनत गरेपछि मात्रै हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण