श्रीलङ्काका मिलान्थाले जनकपुर बोल्ट्सबाट खेल्ने
काठमाडौँ । श्रीलङ्काका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थाले मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । एक समय श्रीलङ्का ‘ए’ र श्रीलङ्काको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमिसँग परिचित रहेका छन् ।
नेपाल क्रिकेट सङ्घले दुई वर्ष अघि आयोजना गरेको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारबाट उनले खेलेका थिए । अल स्टार टोलीलाई विजयी बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३ सय ४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए ।
‘लाहिरु मिलान्थालाई अनुबन्ध गर्नु जनकपुर बोल्ट्सका लागि रणनीतिक कदम हो । लाहिरुको नेपालमा खेल्ने अघिल्लो अनुभव एउटा ठुलो सम्पत्ति हो, जसले उनलाई स्थानीय अवस्था र प्रशंसकको अपेक्षाहरूबारे अद्वितीय अन्तरदृष्टि दिन्छ । त्यो अनुभवलाई आफ्नो कौशलसँग मिलाएर, हामी विश्वास गर्छौँ कि उसले टोली र नेपाल प्रिमियर लिगमा हाम्रो समग्र प्रदर्शनमा महत्त्वपूर्ण मूल्य ल्याउनेछ,’ जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले भने ।
एनपिएलका लागि ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी हुन् । बोल्ट्सले यसअघि नै न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेका छन् । बोल्ट्सका अर्का दुई विदेशी खेलाडीमा जोशुआ ट्रम्प र मोहम्मद मोहसनि छन् ।
लाहिरु जस्तै ट्रम्प र मोहसिन पनि अमेरिकी बेस क्रिकेटर हुन् । आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण