जिम्बाब्वेमा ड्युटीमा रहेका प्रहरीहरूलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध
मङ्गलबार, २० कात्तिक २०८१, १९ : २६
हरारे । जिम्बाब्वे सरकारले तत्कालै लागू हुने गरी ड्युटीमा रहेका प्रहरीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको जानकारी एक ज्ञापनपत्र मार्फत दिइएको छ । जसमा प्रहरीलाई ड्युटीमा रहँदा कुनै पनि प्रकारको व्यक्तिगत कुराकानीका लागि मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिइएको छ।
सबै अधिकारीहरूलाई प्रहरी चौकी पुग्ने बित्तिकै आफ्नो पर्यवेक्षकलाई मोबाइल फोन बुझाउन भनिएको छ । ब्रेकको समयमा मात्र मोबाइल फोन प्रयोग गर्न अनुमति दिइएको छ । ज्ञापनपत्रमा यो प्रतिबन्ध लगाउनुको कुनै कारण नदिइएको छैन । यद्यपि, यसलाई प्रहरी विभागमा रहेको भ्रष्टाचार घटाउने प्रयास भएको मानिएको छ । जिम्बाब्वेको राजधानी हरारेमा दुई ट्राफिक प्रहरीलाई सार्वजनिक यातायातका सवारी साधनबाट घूस लिइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो निर्णय गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण