‘कल्ली’बाट अभिनयमा कमब्याक गर्दै उत्तम
काठमाडौँ । अभिनेता उत्तम प्रधानले फिल्ममा कमब्याक गर्ने भएका छन् । उनी लामो समयपछि ‘कल्ली’ मार्फत फिल्ममा कमब्याक गर्न लागेका हुन् ।
निर्माण युनिटले फिल्ममा प्रधान अनुबन्धित भएको सार्वजनिक गरेको छ ।
फिल्मका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर प्रधानलाई फिल्ममा अनुबन्धित गरेका हुन् । प्रधानले लामो समयपछि नेपाली फिल्ममा कमब्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिए । फिल्ममा उत्तमको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन । उनले केही समयअघि अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए ।
तुलसी घिमिरे निर्देशित ‘दर्पणछाया’बाट नेपाली फिल्ममा पाइला चालेका उत्तम पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिएका थिए । त्यसपछि भने उनी नेपाली फिल्ममा सक्रिय छैनन् ।
‘कल्ली’ रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म हो । फिल्ममा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमालको समेत अभिनय रहनेछ ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । चैत्रको २९ बाट रिलिज हुने फिल्म कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा छायांकन हुने लक्ष्मण सुनारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण