ट्रम्पले श्रीमतीसहित सम्पूर्ण परिवारलाई दिए धन्यवाद
बुधबार, २१ कात्तिक २०८१, १४ : १२
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूले जितेको घोषणा गरिसकेका छन् । योसँगै उनले आफ्नी कान्छी श्रीमती मेलानिया ट्रम्पलाई धन्यवाद दिएका छन् ।
उनले मेलानियालाई अमेरिकाको प्रथम महिला पनि भने । ‘यो देशको नम्बर एक बेस्ट सेलर पुस्तक हो । (मेलानिया)ले उत्कृष्ट काम गरेकी छिन् । मानिसहरूलाई मद्दत गर्न उनले निकै मेहनत गर्छिन् ।’
ट्रम्पले मेलानियाले लेखेको पुस्तकको प्रशंसा गर्दै भनेका छन् । यसैबिच ट्रम्पले आफ्ना छोराछोरीलाई धन्यवाद दिएका छन् । कार्यकर्तालाई सम्बोधनका क्रममा मञ्चमा आफूसँगै उभिएका आफ्ना छोराछोरीको नाम लिएर ट्रम्पले उनीहरूको प्रशंसा गरे ।
यस पटकको चुनावी अभियानमा मेलनिया र्याली र चुनाव प्रचार प्रसारमा खासै सहभागी भएकी थिइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण