भारतसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने सहमति भयो : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छन् । बुधबार तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका उनले यस्तो बताएका हुन् ।
मन्त्री खड्काले भारत सरकारसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने विषयमा सहमति भएको बताए । उनले नेपाल र भारतबिचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबिच सहमति भएको उल्लेख गरे । उनले भारतले पञ्चेश्वर लगायतका अन्य अरुण तेस्रो तथा तटबन्धदेखि सिँचाइ र ऊर्जाको क्षेत्रमा आवश्यकताअनुसार अझ बढी सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । उनले भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको बताए ।
मन्त्री खड्काले तीन दिने भारत भ्रमण उपलब्धीमुलुक भएको जानकारी गराए । उनले नेपाल सरकारले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठुला व्यवसायी र संस्थाहरूसँग छलफल समेत भएको बताए ।
मन्त्री खड्काले जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए । उनले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरू नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण