कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाइ कार्यक्रम सम्पन्न
बिहीबार, २२ कात्तिक २०८१, १५ : ४५

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाइ र संरक्षणका लागि देशव्यापी रूपमा मठमन्दिर, पार्क सरसफाइ साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
“सांस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो” भन्ने बोध गर्दै, कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाइ तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू, क्षेत्रीय प्रमुखहरू तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । बैंकले यस कार्य मार्फत धार्मिक स्थलहरूको दिगो र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री