कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाइ कार्यक्रम सम्पन्न
बिहीबार, २२ कात्तिक २०८१, १५ : ४५
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाइ र संरक्षणका लागि देशव्यापी रूपमा मठमन्दिर, पार्क सरसफाइ साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
“सांस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो” भन्ने बोध गर्दै, कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाइ तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू, क्षेत्रीय प्रमुखहरू तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । बैंकले यस कार्य मार्फत धार्मिक स्थलहरूको दिगो र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण