कोलकाता बलात्कार–हत्या प्रकरण : मुद्दालाई अर्को राज्यमा सार्न सर्वोच्च अदालतको अस्वीकार
नयाँ दिल्ली । कोलकाताको आरजी कार मेडिकल कलेज एन्ड अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले यो मामिला अनुसन्धानको क्रममा रहेको भन्दै यसबारे टिप्पणी गर्न नसक्ने बताएको छ ।
अदालतले स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि मापदण्ड तोक्न गठित राष्ट्रिय कार्यदलको प्रतिवेदन सबै राज्य र केन्द्र शासित प्रदेशहरूसँग साझा गर्न भनेको थियो । राष्ट्रिय कार्यदलले हालै सर्वोच्चमा प्रतिवेदन बुझाएको छ । लाइभ ल का अनुसार अदालतले पश्चिम बङ्गाल बाहिर कुनै पनि राज्यमा मुद्दा हस्तान्तरण गर्न अस्वीकार गरेको छ ।
अगस्ट ९ मा कोलकाताको एक अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्याको घटना बाहिर आएको थियो । त्यसको विरोधमा जुनियर डाक्टरहरूले एक महिनाभन्दा बढी समयदेखि हड्तालमा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण