वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी
बिहीबार, २२ कात्तिक २०८१, १८ : ०५
काठमाडौँ । नेपालमा वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी गरिन्छ । धानको पराल, गहुँका छ्वाली, विभिन्न बालीका डाँठलगायत कृषि अवशेषमा आगजनी गरिएको हो ।
वातावरण विज्ञ डा. भूपेन्द्र दासका अनुसार नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने गरिन्छ । जसले वायु प्रदूषण बढाउने उनको भनाइ छ । ‘वार्षिक मोटामोटी ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइन्छ,’ उनले भने, ‘यो मेरो आफ्नो अध्ययन हो । अहिले धान काट्ने सिजन हो, धान लगत्तै गहुँ बाली हुन्छ, किसानले गहुँ बाली छिटो छर्नका खेतमै पराल जलाउने गर्दछन् । जसले गर्दा प्रदूषण बढ्छ ।’
नेपालमा नोभेम्बरदेखि अप्रिलसम्म करिब ६ महिना वायु प्रदूषणको जोखिम रहने गरेको उनले बताए । वायु प्रदूषणमा कृषि अवशेषको आगजनीले योगदान गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण