के ट्रम्पले इलन मस्कलाई पनि मन्त्री बनाउँलान् ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अब उनको मन्त्रिपरिषद्मा कसले कुन स्थान पाउँलान् भनेर चर्चा सुरू भएको छ ।
ट्रम्पले मन्त्रीमा क-कसलाई चयन गर्लान् भन्नेबारे अहिले विभिन्न अड्कलबाजी भइरहेका छन् ।
कतिपयले चुनावी अभियानमा ट्रम्पको पक्षमा खुलेरै अभियान चलाएका विश्वकै धनीमध्येका एक व्यवसायी इलन मस्कको नाम समेत चर्चामा ल्याएका छन् ।
मस्कले ट्रम्पलाई जिताउन खुलेर प्रचारमात्रै गरेका थिएनन्, उनको पक्षमा माहोल बनाउन करोडौँ डलर समेत खर्च गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले इलन मस्कलाई 'अद्भूत व्यक्ति' र 'नयाँ स्टार' को संज्ञा दिए । मस्कले पनि ट्रम्पको प्रशंसा गर्दै आएका छन् ।
मस्कबाहेक ट्रम्पको मन्त्रिपरिषद्मा माइक पोम्पेओ, सुसी विल्स र रोबर्ट एफ केनेडी जूनियर लगायतको चर्चा रहेको छ । तर अहिलेसम्म ट्रम्पले त्यसबारे कुनै खुलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको संगठन विभागमा ३ नेताको हानथाप
-
सवारी चालक अनुमति पत्रमा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरमा सच्याउन पाइने
-
प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौँ : प्रचण्ड
-
म्याद थपको समय घटाउने विभागको निर्णयमा उच्च अदालतको ‘ब्रेक’
-
दार्जिलिङमा चलचित्र ‘बम बहादुर’ को प्रिमियर
-
दुर्गा प्रसाईंलाई सीआईबीले लियो बयान, विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको स्वीकार