दुर्घटना
चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु
शुक्रबार, २३ कात्तिक २०८१, ०६ : ०४
काठमाडौँ । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक सबारी साधन आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक साधन र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालले जानकारी दिए ।
इलेक्ट्रिक सबारी साधनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
-
तीन दिनमा पुष्पाले कमायो ५०० करोड
-
सिरियामा प्रधानमन्त्रीले सार्वजनिक संस्थानको जिम्मेवारी सम्हाल्ने
-
एनएमबी बैंकले यो वर्ष लाभांश नबाँड्ने, एक सञ्चालक परिवर्तन
-
सांसद खनालको प्रश्न : चीनलाई हेर्ने नेपालको नीतिमा परिवर्तन आउँदा खै बहस ?
-
दोस्रो पालीमा पनि भारतीय ब्याट्सम्यानको खराब प्रदर्शन, जितका लागि अस्ट्रेलियालाई १९ रन आवश्यक