ऊर्जा राज्यमन्त्रीको निर्माण कम्पनी अढाई वर्षका लागि कालोसूचीमा
काठमाडौँ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको कम्पनी अढाई वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन तुम्लिङटारको सिफासिमा उनको नेतृत्वमा रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको हो । उक्त कम्पनीसँग जोइन्ट भेन्चरमा माग गरिरहेको एनबी कन्स्ट्रक्सन समेत कालोसूचीमा परेको छ ।
यसबाहेक टेन्डी शेर्पाको मञ्चनजंगघा कन्न्स्ट्रक्सन कम्पनी, सुबित श्रेष्ठको बिरुवा कन्स्ट्रक्सनलाई २ वर्ष ६ महिनाकै लागि कालोसूचीमा परेको छ । सडक डिभिजन बुटवलको सिफारिसमा यो कम्पनीलाई कालोसूचीमा राखिएको हो । सोही डिभिजनको सिफारिसमा अर्को ठेक्कामा बिरुवा कन्स्ट्रक्सनलाई दुई वर्ष कालोसूचीमा राखिएको छ ।
त्यस्तै, विभिन्न सार्वजनिक निकायको सिफारिसमा अन्य दर्जन कम्पनीरतलाई समेत कालोसूचीमा राखिएको छ । त्यसमध्ये दुई वर्ष कालोसूचीमा पर्नेमा बिरुवा कन्स्ट्रक्सन सहित दुई कम्पनी, डेढ वर्ष कालोसूचीमा पर्नेमा तीनवटा ठेक्कामा पाँच कम्पनी र एक वर्ष कालोसूचीमा पर्नेमा ६ वटा ठेक्कामा आबद्ध सात कम्पनी रहेका छन् ।
कालोसूचीमा परेमामध्ये राज्यमन्त्री तामाङ नेपाली काँग्रेसबाट रामेछापबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । साउन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण