विद्यालय तहको पाठ्यपुस्तकमा देखिएका त्रुटिप्रति अनेरास्ववियुको ध्यानाकर्षण
काठमाडौँ । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरूप्रति अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।
पाठ्यपुस्तकमा रहेका त्रुटिहरू आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी सच्याउनुपर्ने माग गरिएको अनेरास्ववियु काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमल्सिनाले बताए ।
विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजारभन्दा बढी विद्यार्थीलाई गलत पुस्तक पढाउने गरेको आरोप अनेरास्ववियुको छ ।
देशभरका ३५ हजार ६७४ भन्दा बदी विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर, राज्यको लगानीमाथि समेत गम्भीर घात गरेको अनेरास्ववियुको भनाइ छ । पाठ्यपुस्तकमा त्रुटि गर्नेमाथि कारबाही गर्न समेत माग गरेको छ ।
कक्षा १० को पाठ्यपुस्तकमा हालसम्म पनि २०६८ सालकै जनगणना अनुसारकै तथ्यांक राखिएको छ । जबकि २०७८ सालमा राष्ट्रिय जनगणना सम्पन्न भएको थियो ।
महानिर्देशक श्रेष्ठले पाठ्यपुस्तकहरूमा कमजोरी देखिएको स्वीकार गर्दै शैक्षिक सत्र २०८२ देखि नै लागू हुनेगरी सच्याउने प्रतिबद्धता जनाए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण