अस्वाभाविक हवाइ भाडावृद्धि नियन्त्रण गर्न आग्रह
काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्माले अन्तर्राष्ट्रिय हवाई भाडामा भएको अस्वाभाविक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपालबाट मलेसिया र मध्यपूर्व जाने श्रमिकले अत्यधिक महँगो भाडा तिर्नुपरेको अहिलेको विषम अवस्थालाई गम्भीरतापूर्वक लिँदै चाँडो समस्याको समाधान निकाल्न उनले नेपाल सरकारको सम्बन्धित निकायलाई अनुरोध गरे ।
शुक्रबार रातोपाटीसँग कुरा गर्दै उनले चाडबाड मनाएर श्रम गर्न जानेहरूमाथि विमानस्थल मर्मतको बहानामा भाडा बढाएर आर्थिक भार थोपरिनुले आफूलाई दुखित बताएका बताए ।
‘कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको फाइदा उठाउँदै एयरलाइन्सहरूले भाडा बढाउनु दुखद मात्रै छैन, ऋण गरेर बिदेसिनेहरूको पेटमा लात हान्ने प्रयास समेत भएको छ’, उनले भने, ‘विमानस्थल मर्मत गर्नै परेपनि तिहार र छठ लगत्तै भन्दापनि केही महिनापछि गर्दा उपयुक्त हुन्थ्यो ।’
उद्यपि काठमाडौँ बाहिरबाट पनि नियमित उडान गरिनुभने सकारात्मक भएको उनको भनाइ छ । तर, अहिले विमानस्थल मर्मतका लागि बन्द गरिएकै बेला अनेक बहानामा भाडा बढाइनुले हवाइ यात्रु मारमा परेको विषयमा सरकारले गम्भीरतापूर्वक लिँदै साविककै भाडा कायम गर्न ध्यान दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण