करिनासँग विवाह गर्दा सैफलाई ज्यान मार्ने धम्की
मुम्बई । सैफ अली खानले करिना कपुरसँग विवाहको घोषणा गर्दा आफूलाई धम्की आएको बताएका छन् । दुवैको परिवारलाई हानी गरिने धम्कीमा भनिएको थियो । यद्यपि, उनीहरूले यी धम्कीहरूलाई बेवास्ता गरे र अक्टोबर २०१२ मा एक निजी समारोहमा विवाह गरे।
रेडिफको एक अन्तर्वार्तामा सैफले भनेका थिए– हाम्रो विवाहबाट केही मानिसहरू खुसी थिएनन् । मेरो ससुरा (रणधीर कपूर) लाई अज्ञात व्यक्तिहरूबाट केही चिठीहरू प्राप्त भएको थियो। जसमा उनीहरूले हाम्रो परिवारलाई हानि पुर्याउने र बम पड्काउने दाबी गरिएको थियो ।
अभिनेताले आफूलाई यी सबै कुराले कुनै असर नगरेको बताए । किनभने जब उनका बाबुआमा मन्सूर अली खान पटौदी र शर्मिला टैगोरको विवाह भयो तब परिवारले पनि यस्तै कुराको सामना गर्नुपरेको थियो । उनले भनेका थिए– मलाई यी कुराले केही फरक परेन । धम्की दिनु र कार्यान्वयन गर्नु दुई फरक कुरा हुन् ।
केही समयअघि एक अन्तर्वार्तामा शर्मिला टैगोरले मन्सुर अली खानसँग विवाह गर्दा धम्की आएको बताएकी थिइन् । मोजो स्टोरीसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘जब मेरो कोलकातामा बिहे भइरहेको थियो, बुबाआमालाई गोली प्रहार गर्ने टेलिग्राम आइरहेको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण