चाबहिलस्थित इन्टेरियर गोदाममा आगलागी
काठमाडौँ । काठमाडौँको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आइतबार मध्यान्ह चाबहिलको सरस्वतीनगरस्थित इन्टेरियर गोदाममा आगो लागेको हो ।
आगलागीका कारण गोदाममा रहेको फर्निचर, सजावटका सामाग्री, विद्युतीय सामाग्री, प्लाई लगाएका सामाग्री जलेर नष्ट भएको छ भने आगलागीले वरपरका अन्य घरहरूमा समेत केहि क्षति पुराएको छ ।
आगलागी भएपछि सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत उपत्यकाका तीनै जिल्लाका वारुणयन्त्रको सहायताले करिब दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।
इन्टेरियर कम्पनी आर्टस इन्टरनेशनल प्रालिका सञ्चालन सञ्जीव भण्डारीले आगलागीका समयमा गोदाममा कोही कामदार नभएको र कसरी आगो लाग्यो भन्ने अन्योलमा रहेको बताए । आगलागीका कारण ठुलो क्षति भएको उनले बताए । आगलागीका कारण भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण