चेल्सी र आर्सनलले अङ्क बाँडे, स्पर्स पराजित
लण्डन । प्रिमियर लिगमा चेल्सी र आर्सनलले अङ्क बाँडेका छन् । आइतबार राति भएको दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
खेलको ६० औँ मिनेटमा मार्टिन ओडेगार्डको पासमा ग्याब्रियल मार्टिनेलीले आर्सनललाई अग्रता दिलाएका थिए । तर, १० मिनेटपछि पेड्रो नेटोले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
११ खेलपछि दुवै टोलीको १९ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा टोली ९ अङ्कले पछि परेको छ । यता आर्सनल सबै प्रतियोगिताका पछिल्ला ५ खेलमा जितविहीन रहेको छ ।
उता, टोटनह्याम हटस्पर्स आफ्नै घरेलु मैदानमा इपस्वीच टाउनसँग १–२ गोलले स्तब्ध बनेको छ । प्रिमियर लिगमा टोलीले स्पर्सलाई हराएको २२ वर्षमा पहिलो पटक हो ।
पहिलो हाफमा साम स्जमोडिक्स र लियाम डेलेपले गोल गर्दै इपस्वीचले अग्रता लिएको थियो । दोस्रो हाफमा रोड्रिगो बेन्टाकुरले स्पर्सका लागि एक गोल फर्काए पनि टोलीले बराबरी गोल भने गर्न सकेन ।
११ खेलपछि स्पर्स १६ अङ्कसहित १० औँ स्थानमा सीमित रहेको छ । इपस्वीच ८ अङ्कसहित १७ औँ स्थानमा छ ।
आइतबार नै भएको अन्य खेलमा न्युक्यासल युनाइटेडले नटिङह्याम फरेस्टलाई ३–१ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण