चुनाव जितेपछि ट्रम्पले गरे मस्कसँग पार्टी
सोमबार, २६ कात्तिक २०८१, १४ : १९
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कसमेत घर परिवारका सदस्यहरूको साथमा पार्टी गरेका छन् । फ्लोरिडास्थित आवास र निजी गल्फ क्लब मार–अ–लागोमा ट्रम्पले सो पार्टी दिएका थिए ।
मस्कले सो पार्टीमा आफ्नो सानो छोरा टेक्नो मेकानिकसलाई पनि साथै लगेका थिए । सामूहिक तस्बिरमा उनले छोरालाई बोकेको देखिएको थियो । यस पटकको चुनावमा मस्कले खुलेर ट्रम्पलाई समर्थन गरेका थिए ।
ट्रम्पलाई जिताउन उनले पैसाको खोलै बगाएका थिए । मार–अ–लागोमा ट्रम्पले आफ्ना नाति नातिनीहरूसँग गल्फ पनि खेलेका थिए । ट्रम्पकी नातिनी काई ट्रम्पले मस्कलाई काका भन्दै इन्ष्टाग्राममा फोटो पनि हालेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण