विद्युत प्राधिकरण सञ्चालक समिति बैठक
प्राधिकरण सञ्चालक समितिको बैठकमा कुलमानले राखे फरक मत
सोमबार, २६ कात्तिक २०८१, १५ : ०४
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सुरु भएको छ । बैठकमा डेडिकेटेड तथा ट्रंक लाइन विवादमा यसअघि काटिएको उद्योगहरुको लाइन जोड्नेसम्बन्धी प्रमुख एजेण्डा रहेको छ ।
तर, बैठकको सुरुमै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुको लाइन जोड्नेबारे फरक मत राखेका छन् । उनले प्राधिकरणले कानुनअनुसार नै बिजुलीको लाइन काटेकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।
ऊर्जा मन्त्री दीपक खड्काको अध्यक्षतामा सुरु भएको बैठकमा सञ्चालक समितिका दुई सदस्य भने अनुपस्थित भएको मन्त्रालय निकट स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले काटिएका उद्योगहरुको लाइन सोमबार जोड्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयमा बैठक बसेपनि कुलमानले असन्तुष्टि जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण