पाकिस्तान नजानेबारे सूर्यकुमारको जवाफ, ‘यो हाम्रो हातमा थोडै छ ?’

नयाँ दिल्ली । दक्षिण अफ्रिका भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान सूर्यकुमार यादवसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा धेरैले शेयर गरिरहेका छन् । भिडियोमा दक्षिण अफ्रिकाका एक क्रिकेट फ्यानले सूर्यकुमार यादवलाई सोधेका छन्, ‘एउटा कुरा भन्नु, तपाईंहरु किन पाकिस्तान आउनुहुँदैन ?’
भिडियोमा प्रश्न सोध्ने व्यक्तिको अनुहार नदेखिए पनि उनी पाकिस्तानी रहेको बताइएको छ । अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार भिडियोमा सूर्यकुमार यादव र यी क्रिकेट फ्यानबिच भएको कुराकानी रेकर्ड गरिएको छ । यस प्रश्नको जवाफमा सूर्यकुमार यादवले जवाफ दिन्छ् , ‘हेर्नुहोस्, यो हाम्रो हातमा थोडै छ।’
अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीका लागि भारतले आफ्नो टोली पठाउन अस्वीकार गरेको भन्दै पाकिस्तानी मिडियामा आइतबारदेखि हंगामा मच्चिएको छ । बीसीसीआईले यसबारे आईसीसीलाई जानकारी दिएको थियो । आईसीसीले पनि पाकिस्तान क्रिकेट बोर्डलाई भारत अर्को वर्ष च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नआउने बताएको छ।
पाकिस्तानी मिडियाका अनुसार आईसीसीले यो जानकारी पाकिस्तानलाई लिखित रुपमा दिएको छ । यसप्रति पाकिस्तानी जनताले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै पाकिस्तानले कडा जवाफ दिनुपर्ने बताएका छन् ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान