‘पुष्पा–२’ को ट्रेलर नोभेम्बर १७ मा पटनामा रिलिज हुने
हैदराबाद । अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ को ट्रेलरको रिलिज गर्ने तयारी गरिएको छ । निर्माण पक्षका अनुसार चलचित्रको ट्रेलर नोभेम्बर १७, २०२४ साँझ ६ः०३ बजे रिलिज हुनेछ ।
यसअघि ट्रेलर नोभेम्बर १५ मा रिलिज हुने खबर आएको थियो तर अब यसको नयाँ मिति नोभेम्बर १७ तोकिएको छ । फिल्मका निर्माताले पोस्ट सेयर गरेका छन् ।
Dropping an EXPLOSIVE BANGER before the MASS festival begins in Cinemas ❤🔥
— Pushpa (@PushpaMovie) November 11, 2024
Experience the MASSIVE #Pushpa2TheRuleTrailer on 17th November at 6:03 PM 🌋🌋
With a Blasting Event at PATNA 💥💥#Pushpa2TheRule#Pushpa2TheRuleOnDec5th
Icon Star @alluarjun @iamRashmika… pic.twitter.com/nCFKC4kYA5
हालै निर्माण पक्षले सामाजिक सञ्जालमा फिल्मको बारेमा नयाँ अपडेट पनि दिएको थियो । फिल्ममा साउथकी सुन्दरी श्री लीलाको एउटा आइटम गीत पनि रहने बताइएको छ । निर्माताहरूले इन्स्टाग्राममा श्री लीलाको पोस्टर पनि सेयर गरेका थिए।
A feast for the eyes like you’ve never seen before! 💥
— Pushpa (@PushpaMovie) November 10, 2024
A celebration of pure energy 🕺💃🔥#Kissik Song of the Year ❤🔥#Pushpa2TheRule #Pushpa2TheRuleOnDec5th 🤙 pic.twitter.com/7HzrHbhEk8
पिंकभिल्लाको रिपोर्टमा अल्लु अर्जुन नोभेम्बर १५ देखि १५ दिनको लागि पटना, कोच्ची, चेन्नई, बेंगलुरु, मुम्बई र हैदराबाद जाने बताइएको छ । यो अवधिमा उनले चलचित्रको प्रचारप्रसार गर्नेछन् ।
फिल्ममा कुनै कमी नहोस् भन्नका लागि पुष्प–२ को टोलीले हरेक तहमा चलचित्रको प्रचार प्रसार गर्न चाहेको प्रतिवेदनमा उल्लेख छ । डिसेम्बर ५ मा हलमा रिलिज हुने फिल्मले ठुलो सफलता हासिल गरोस् भन्ने फिल्मका निर्माताहरू चाहन्छन् ।
२०२१ मा रिलिज भएको 'पुष्पा: द राइज' वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म थियो। सबै संस्करणहरू सहित, यो फिल्मले भारतमा ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गर्यो। सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैटौँ नम्बरमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण