अलीपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबिच अलीपे प्लस को नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपालपे मर्चेन्टहरुका क्यूआर मा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरोपरेबल क्यूआर को मर्चेन्ट क्यूआर मा अलीपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले आफ्नो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरोपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
अलीपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इसुइङ्ग उपकरण, ३०० भन्दा बढी एक्वारिङ नेटवर्क तथा ९ करोड भन्दा बढी ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण