फैसला कार्यान्वयन
दीपक मनाङे डिल्लीबजार कारागार चलान
मङ्गलबार, २७ कात्तिक २०८१, १४ : २२

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।
मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो ।
मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित
-
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
-
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
-
परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
-
पश्चिम सुर्खेतको कायाकल्प गर्ने मदन भण्डारी राजमार्ग
-
‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खला दृश्यावलोकन