शाहीको नेतृत्वमा युवा संकल्प यात्रा जारी‚ भोलि वीरगन्ज पुग्ने
सर्लाही । नेपाली कांग्रेसका युवा नेताहरूले सुरु गरेको युवा संकल्प यात्रा सर्लाही पुगेको छ ।
कार्तिक २३ गते झापाको मेचिनगरबाट सुरु भएको यात्रा आज सर्लाहीको लालबन्दि पुगेको यात्रामा सहभागी नेविसंघ नेता विनोद शाही ठकुरीले जानकारी दिए ।
कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा जारी यात्रामा ४० जनाभन्दा बढीको सहभागिता रहेको छ । नेविसंघ नेता विनोद शाहीका अनुसार कार्यक्रम भोलि वीरगन्ज पुग्ने छ ।
भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा सुरु भएको हो ।
सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने तथा सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने एजेन्डा पनि युवा संकल्प यात्रामा उठाइएको छ ।
कार्तिक २३ गते झापा जिल्ला सभापति देउमान थेबेले पार्टीको झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ भएको हो । १० बुँदामा केन्द्रित अभियानमा नेता रन्जित कर्ण, भुपेन्द्र्जंग शाही, प्रेमिका राना, सुमन गिरि लगायत ४० जनाको समूह रहेको विद्यार्थी नेता विनोद शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण