नागढुंगा सुरुङ्गमार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक बन्द हुने
बुधबार, २८ कात्तिक २०८१, ०८ : ४८
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले भोलि बिहीबारदेखि नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाबाट काठमाडौँ–धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) क्षेत्रमा यातायात आंशिक बन्द गरिने जनाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्रमा ढलान काट्ने कार्य गर्नु पर्ने भएकाले कात्तिक २९ गतेदेखि मङ्सिर ५ गतेसम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुई तर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने गरी सवारी साधन सञ्चालनमा रोक लगाइने जानकारी दिएको हो ।
एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण