पोखरा महानगरमा कर्मचारी विवाद समस्या समाधानका लागि समिति गठन
पोखरा । पोखरा महानगरपालिकामा पछिल्लो समय देखिएको कर्मचारी विवाद समाधानका लागि समिति गठन गरिएको छ । महानगरका प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिम्सिनाको संयोजकत्वमा कांग्रेस र एमाले वडाध्यक्षर सदस्य सम्मिलित समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा ४ नम्बर वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष बिष्णु प्रसाद बराल, १३ का अध्यक्ष किरण बराल, १५ का अध्यक्ष तोरण बानियाँ छन् । यस्तै, ३० नम्बरका सदस्य विनोद लामिछाने, १६ का सदस्य रामचन्द्र आचार्य, २२ की सदस्य कृष्ण कुमारी पौडेल र २८ की डाल्डादेवी भुजेल पनि सदस्य छन् ।
उनीहरुलाइ समाधानको उपाय सुझाउन ३ दिनको म्याद दिइएको छ । ‘महानगरपालिकामा वर्तमान समयमा कर्मचारी परिचालन र व्यवस्थापन लगायत महानगरमा देखिएका अन्य विभिन्न समस्याका सम्बन्धमा गहन छलफल तथा विचार विमर्श गरी ३ दिनभित्र समाधानका उपायहरु सहितको सुझाव पेश गर्न तथा सहजीकरण गर्नका लागि सहजीकरण समिति गठन गरिएको छ,’ निर्णयमा भनिएको छ । पोखरामा करार कर्मचारी फाल्ने विषयले तनाव छ ।
कांग्रेसले जुनसुकै हालतमा ति कर्मचारी हटाउनुपर्ने बताएको छ भने एमाले हटाउन नहुने पक्षमा छ । लोकसेवा आयोगले स्थायी कर्मचारी पठाएपछि पनि करार कर्मचारी कार्यरत छन् । कात्तिक १४ को ३७ औं कार्यपालिका बैठकले २८ जना प्राविधिकलाई मंसिर १ देखि विदा गर्ने निर्णय गरेको थियो । एमालेले उक्त बैठक बहिष्कार गरेको थियो भने अहिले कर्मचारी हटाउन नहुने भन्दै दैनिक आन्दोलन गर्दै आएको छ ।
मंसिर १ गते कर्मचारी हटाउने निर्णय गरेका मेयर धनराज आचार्य समिति गठनको नाममा थाथुम पार्ने योजनामा देखिएका छन् । उनले कर्मचारी समस्या डेढवर्षभित्र समाधान गर्ने र २८ जना प्राविधिक मंसिर १ देखि हाजिर गर्न नदिने बताएका थिए । अहिले समिति गठन गरेर उनी निर्णय कार्यान्वयनबाट पछि हट्न खोजेजस्तो देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण