कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक ३० गते वीरेन्द्रनगरमा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले कार्तिक ३० गते ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ । कर्णाली याक्समा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल आफै कर्णाली पुगेर कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्ने क्लबले जनाएको छ ।
‘कर्णाली याक्सले कर्णालीको प्रतिभावान खेलाडी कार्तिक ३० गते शुक्रबार छनोट गर्दैछ,’ प्रशिक्षक मल्लले भने, ‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई समेट्ने प्रयास गर्नेछौं ।’ कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले ट्यालेन्ट हन्ट वीरेन्द्रनगरको कर्णाली रङ्गशालामा हुने जानकारी दिए । कर्णाली याक्सले तीनजना विदेशी खेलाडी पनि यसअघि नै अनुबन्ध गरिसकेको छ ।
कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा वेष्ट इन्डिजका चादविक एन्टोनियो किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायातलाई अनुबन्ध गरेको हो । कर्णाली याक्स हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिको स्वामित्वमा रहेको छ । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो ।
कर्णाली याक्सका मार्की खेलाडी भने सोमपाल कामी हुन् । केही समयअघि सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया)बाट कर्णाली याक्सले गुल्सन झालाई १५ लाख रुपैयाँमा खरिद गरेको थियो । अक्सनमार्फत कर्णाली याक्सले नन्दन यादवलाई ११ लाख रुपैयाँमा किनेको थियो । कर्णाली याक्सले मौसम ढकाल, अर्जुन घर्ती र देव खनाललाई १०–१० लाख रुपैयाँमा खरिद गरेको थियो ।
यसैगरी, कर्णाली याक्सले रित गौतम र भुवन कार्कीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो । कर्णाली याक्सले दीपेन्द्र रावत र दीपक डुम्रेलाई तीन– तीन लाख रुपैयाँमा किनेको थियो । यसैगरी, अक्सनमा कर्णाली याक्सले युनिस विक्रमसिंह ठकुरीलाई दुई लाख रुपैयाँमा किनेको थियो । कर्णाली याक्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर
-
बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत
-
श्रमिकको आम्दानी उत्पादकत्वसँग जोडेर निर्धारण गर्नुपर्छ
-
‘साना र ठुला उद्योगको न्यूनतम पारिश्रमिक फरक हुनुपर्छ’