शीतल निवासको गार्डेन सजाउन २४ लाखको ठेक्का !
बिहीबार, २९ कात्तिक २०८१, ०८ : ३४
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउनको लागि २४ लाखको ठेक्का स्वीकृत हुने भएको छ । गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्नेगरी कार्यालयले बिहीबार सूचना जारी गरेको हो ।
कार्यालयले कार्यालयको सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ ।
कार्यालयले २०८१ साउनमा उक्त ठेक्काको बोलपत्र आह्वान गरेको थियो । मूल्याङ्कन समितिले न्यून मूल्याङ्कन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण