टेस्ट र प्रथम श्रेणीको क्रिकेटबाट बंगलादेशी ब्याट्सम्यान इमरुल कायसको सन्न्यास
काठमाडौँ । बंगलादेशका चर्चित ब्याट्सम्यान इमरुल कायसले टेस्ट क्रिकेट र प्रथम श्रेणीको क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले बुधबार राति सामाजिक सञ्जालमार्फत सन्न्यास लिएको घोषणा गरेका हुन् ।
३७ वर्षीय इमरुल कायस बंगलादेशी टोलीबाट चार हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी हुन् । उनले बंगलादेशका लागि अन्तिम टेस्ट सन् २०१९ को नोभेम्बरमा भारतविरुद्ध खेलेका थिए । लामो समय टेस्ट क्रिकेट नखेले पनि उनले सन्न्यास भने लिएका थिएनन् ।
ओपनर ब्याट्सम्यान इमरुल कायसले बंगलादेशका लागि ३९ टेस्टको ७६ पालीमा कुल एक हजार सात सय ९७ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले तीन शतक र चार अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय ५० रन हो ।
प्रथम श्रेणीको क्रिकेटमा भने उनले एक सय ३७ खेल खेल्दै कुल सात हजार नौ सय ३० रन बनाएका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले २० शतक र २७ अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर दुई सय चार रन हो । उनले नोभेम्बर ९ देखि १२ तारिखसम्म कक्स बजारमा प्रथम श्रेणीको अन्तिम खेल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण