ब्राजिलमा सर्वोच्च अदालतबाहिर आत्मघाती हमला
रियो द जेनरियो । ब्राजिलको सर्वोच्च अदालतमा प्रवेश गर्ने प्रयास गर्दै बुधबार एक व्यक्तिले बमले विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । ब्राजिलमा जीट्वेनटी सम्मेलनको तयारी अन्तिम चरणमा रहेको बेला यो आक्रमण भएको हो ।
यस सम्मेलनमा विश्वका २० ठुला अर्थतन्त्रका नेताहरू सहभागी हुनेछन् । यसमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि छिट्टै ब्राजिलको भ्रमणमा जाँदै छन् ।
सर्वोच्च अदालतको भवनलाई निशाना बनाउन खोजिएको थियो
घटना बुधबार साँझको हो छ । घटनामा अदालत भवन नजिकैको पार्किङस्थलमा बम विस्फोट भएको हो । त्यसको केही सेकेन्डपछि सर्वोच्च अदालत अगाडि दोस्रो विस्फोट भएको थियो । अनुसन्धानका क्रममा घटनास्थलबाट एक मानव शव फेला परेको थियो ।
ब्राजिलको सङ्घीय सरकारका तीनवटा शाखाका मुख्य भवनहरूलाई जोड्ने ब्राजिलियाको प्रतिष्ठित स्क्वायर अफ थ्री पावर्सको प्लाजा वरपर विस्फोटहरू भएका थिए । सन्दिग्ध अभियुक्तहरूले सर्वोच्च अदालतको भवनमा क्षति पुर्याउन खोजेको अनुमान गरिएको छ ।
प्रहरीले ब्राजिलको राजधानीको बीचमा रहेको चोकमा विस्फोटक पदार्थ पत्ता लगाउने रोबोटसहितको बम स्क्वाड तैनाथ गरेको छ । यस घटनाको अनुसन्धान भइरहेको छ । मृतकको अझै सनाखत हुन नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण