कारबाहीको माग गर्दै मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता
काठमाडौँ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले दलकै नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गराएका छन् । मन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा पार्टी नेता तथा सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
सांसद बजगाईँले पार्टी अनुशासन र हित विरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएको पाण्डेको सचिवालयले जानकारी दियो ।
‘उहाँ पार्टी हित र अनुशासन विरुद्ध जानुभयो । यतिसम्म कि मन्त्रीज्यूमाथि त प्रतिशोध नै साध्नुभयो‚’ ती सचिवालय सदस्यले भने ।
सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । आरोपमा सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।
‘डेरामा बस्ने मन्त्री बन्नासाथ घर किन्ने ?‚ ’सांसद बजगाईँले सामाजिक सञ्जालमा लेखेका थिए । जवाफमा बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने भन्दै इमानदार भएर काम गर्न खोजे पनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरेका थिए ।
उनले आफूले करोड त कौडी खाएको पुष्टि गरे पनि राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको भन्दै सांसद बजगाईंलाई चुनौती दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण