प्रधानमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ : महासचिव पोखरेल
शुक्रबार, ३० कात्तिक २०८१, १५ : ३१
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्त महत्त्वपूर्ण र उपलब्धिपूर्ण हुने जनाएका छन् ।
शुक्रबार एमाले पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताएका हुन् ।
‘नेपाल र चीनका बिचमा विगत लामो समयदेखि जुन प्रकारको उच्चस्तरको सम्बन्ध रहँदै आएको छ त्यसको निरन्तरता नै हुन्छ भन्ने मलाई लाग्दछ’, पोखरेलले भने,‘ त्यसैले यो भ्रमणलाई हामीले सद्भावना भ्रमणकै रूपमा बुझेका छौँ । र, भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ भन्ने हाम्रो विश्वास हो ।’
प्रधानमन्त्री ओलीले अगामी डिसेम्बर २ देखि ६ सम्म चिन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण