प्रधानमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ : महासचिव पोखरेल
शुक्रबार, ३० कात्तिक २०८१, १५ : ३१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्त महत्त्वपूर्ण र उपलब्धिपूर्ण हुने जनाएका छन् ।
शुक्रबार एमाले पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताएका हुन् ।
‘नेपाल र चीनका बिचमा विगत लामो समयदेखि जुन प्रकारको उच्चस्तरको सम्बन्ध रहँदै आएको छ त्यसको निरन्तरता नै हुन्छ भन्ने मलाई लाग्दछ’, पोखरेलले भने,‘ त्यसैले यो भ्रमणलाई हामीले सद्भावना भ्रमणकै रूपमा बुझेका छौँ । र, भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ भन्ने हाम्रो विश्वास हो ।’
प्रधानमन्त्री ओलीले अगामी डिसेम्बर २ देखि ६ सम्म चिन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल