बालबालिका राष्ट्र निर्माणका पुँजी हुन् : प्रदेश प्रमुख भट्ट
कास्की । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पुँजी रहेको बताएका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभानस्थित निष्पक्ष मावि परिसरमा आयोजित मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा उनले बालअधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको बताए । उनले संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र सबै बालबालिकालाई साक्षर बनाउने अभियानमा सरकार निरन्तर लागिरहेको उल्लेख गरे ।
असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा सुधार गर्न सकिने प्रदेश प्रमुख भट्टको भनाइ छ । “बालबालिकाको हातमा कुटो कोदालो होइन, कलम र किताब नै हुनुपर्दछ । यसका लागि परिवार, समाज, संस्था र सिङ्गो राज्यको दायित्व रहनुपर्दछ”, उनले भने, “हाम्रो दायित्व बालबालिकालाई विद्यालयमा पुर्याउनु मात्र पनि होइन, सबै विद्यालयहरूलाई बालबालिकाको इच्छाअनुसार उपयुक्त शिक्षाको व्यवस्थापन गर्न सक्ने बनाउनु पनि हो ।”
प्रतिष्ठानले विसं २०५४ देखि नै यहाँका विद्यालयहरूमा भौतिक संरचना निर्माण, पुस्तकालय स्थापना, छात्रवृत्ति प्रदान, प्रोजेक्टर, विज्ञान सामग्री तथा कम्प्युटरलगायतका शैक्षिक सामाग्री सहयोग गरेर शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएको थाहा पाउँदा खुसी लागेको छ प्रदेश प्रमुख भट्टले भने ।
प्रतिष्ठानका तर्फबाट विभिन्न १० विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
-
कोशी प्रदेश सरकारको बजेट खर्च ६ वर्ष यताकै कम, विकास खर्च लगातार घट्दो
-
कलेजो बिग्रिएको कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण