सी जिनपिङले बाइडेनलाई भने –डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्छु
वासिङ्टन डीसी । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिवार पेरुवमा अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनलाई भेटेका छन् । शनिवार पेरुमा भएको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक)को वार्षिक शिखर सम्मेलनमा यी दुई नेताबिच भेट भएको हो ।
यस भेटमा सीले बाइडेनसँगको हालै भएको निर्वाचनबाट अमेरिकामा आगामी राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्ने कुरा गरेका छन् । भेटमा सीले बाइडेनको कार्यकालमा अमेरिका र चीनबिचको सम्बन्धमा आएको उतारचढाव पनि स्वीकार गरेका थिए ।
यसक्रममा सी र बाइडेनले व्यापार र ताइवान मुद्दाहरूमा तनाव कम गर्नेबारे पनि छलफल गरेका थिए । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयपछि विश्लेषकहरूले दुई महिना पछि ट्रम्पको कार्यकाल सुरु भएसँगै चीन र अमेरिकाबिचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरेका छन् ।
आफ्नो चुनावी अभियानमै ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशतसम्म कर बढाउने बताएका थिए । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चीनसँग व्यापार युद्धै छेडेका थिए । चीनलाई उनले अमेरिकाको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी समेत भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण