पूर्वसभामुख ढुंगानाको निधनले मर्माहत भएको छु : राष्ट्रपति पौडेल
आइतबार, ०२ मङ्सिर २०८१, १६ : ४७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले आफू मर्माहत भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत पौडेलले ढुंगानाको निधनले मर्माहत भएको बताएका हुन् ।
राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सँधै स्मरणीय हुने बताउँदै राष्ट्रपति पौडेलले ढुंंगानाप्रति श्रद्धाञ्जली दिएका छन् ।
उनले ढुंगानाको निधनपछि शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट खालको रहेको स्मरण समेत राष्ट्रपतिले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण