पूर्वसभामुख ढुंगानाको निधनले मर्माहत भएको छु : राष्ट्रपति पौडेल
आइतबार, ०२ मङ्सिर २०८१, १६ : ४७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले आफू मर्माहत भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत पौडेलले ढुंगानाको निधनले मर्माहत भएको बताएका हुन् ।
राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सँधै स्मरणीय हुने बताउँदै राष्ट्रपति पौडेलले ढुंंगानाप्रति श्रद्धाञ्जली दिएका छन् ।
उनले ढुंगानाको निधनपछि शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट खालको रहेको स्मरण समेत राष्ट्रपतिले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘नरसिंहाः अवतार’ का राज र सनिषाको प्रेम
-
‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता राई
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन