हालान्डको ह्याट्रिकमा नर्वेको प्रमोसन
ओस्लो । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतले नर्वेले कजाकिस्तानमाथि सहज जित हासिल गरेको छ । ५-० गोलको फराकिलो जितसँगै टोली यूईएफए नेसन्स लिगको शीर्ष समूहमा स्तरोन्नति भएको हो ।
गत महिना नर्वेका लागि सर्वाधिक गोलकर्ता बनेका म्यानचेस्टर सिटीका स्ट्राइकरले नर्वेका लागि ३९ खेलमा ३८ गोल गरेका छन् । उनले यूईएफए नेसन्स लिगका ६ वटा समूह चरणका खेलमा सर्वाधिक ७ गोल गरिसकेका छन् ।
खेलको २३ औँ मिनेटमा हालान्डले टोलीलाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । अलेक्जान्डर सोरलोथले हाफटाइम अघि स्कोर ३-० पुर्याए ।
दोस्रो हाफमा हालान्डले आफ्नो ह्याट्रिक पूरा गरे भने लेइपजिगका युवा खेलाडी नुसाले टोलीका लागि पाँचौँ गोल गरे । जितसँगै नर्वेले समूह बी३ मा अस्ट्रियालाई उछिन्दै शीर्ष स्थान कब्जा गर्न सफल भएको छ । अस्ट्रिया खेलको अन्त्यतिर सम्हालिन नसक्दा स्लोभेनियासँग १-१ को बराबरीमा रोकियो । अब अस्ट्रियाले प्रोमोसनका लागि प्लेअफ खेल्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण