एम्बुलेन्सको बाटो रोकेकोमा अढाइ लाख भारु जरिवाना, लाइसेन्स रद्द
सोमबार, ०३ मङ्सिर २०८१, १० : ३०
नयाँ दिल्ली । भारतको केरल राज्यको त्रिशूर निवासी एक व्यक्तिलाई एम्बुलेन्सको बाटो रोकेको कसुरमा अढाइ लाख भारु जरिवाना गर्नुका साथै चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गरिएको छ ।
बिरामी बोकेको एम्बुलेन्सले साइरन बजाउँदै ‘ओभरटेक’ को प्रयास गर्दा पनि बारम्बार एक कार चालकले अटेर गर्दै एम्बुलेन्सलाई अवरोध गरेको आरोपमा सो कारबाही भएको हो ।
घटना ७ नोभेम्बरका दिन चलाकुडीमा भएको थियो । उक्त घटनालाई एम्बुलेन्स चालकले आफ्नो ‘ड्यास क्याम’बाट रेकर्ड गरेका थिए । उक्त फुटेज सार्वजनिक भएपछि ती कार चालकमाथि ‘एक्सन’ लिइएको हो ।
करिब दुई मिनेट लामो फुटेजमा एम्बुलेन्सले साइरन र हर्न बजाउँदै कार चालकसँग ‘ओभरटेक’का लागि पहल गरेको देखिन्छ । तर कार चालकले एम्बुलेन्सलाई बाटो छाड्नुको साटो आफ्नै सुरमा कार अघि बढाइरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण