अल्लु अर्जुनको पुष्पा–२ बक्स अफिसमा हजार करोडको फिल्म बन्ला ?
नयाँ दिल्ली । यतिबेला अल्लु अर्जुन आगामी फिल्म पुष्प २ः द रुलका कारण चर्चामा छन् । ‘पुष्पा २’ को ट्रेलर रिलिज भएसँगै फिल्मप्रति फ्यानहरुको अपेक्षा निकै बढेको छ । फिल्मको सन्दर्भमा यो फिल्मले बक्स अफिसमा सहजै एक हजार करोड कमाउने फ्यानहरुको विश्वास छ ।
मनमोहक दृश्य, बलियो ब्याकग्राउन्ड स्कोर र अल्लु अर्जुनको दमदार एक्सनसहित फिल्मको धमाकेदार ट्रेलरलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । तर यतिबेला ठूलो प्रश्न यो छ कि के पुष्पा–२ ले बक्स अफिसमा एक हजार करोडको आँकडा सजिलै पार गर्न सक्छ ?
ट्रेलरले जबर्दस्त प्रतिक्रिया पाइरहेको छ । दर्शकहरूको आशामा फिल्मको खरो उत्रिएको छ । ट्रेलर जत्तिकै फिल्म पनि दमदार रह्यो भने फिल्म अहिलेसम्मकै हिट मध्ये एक फिल्म हुनसक्ने आशा पनि गर्न लागिएको छ ।
फिल्मको ट्रेलर र फ्यानहरूको प्रतिक्रियालाई हेर्दा यस प्यान इन्डियन फिल्मले बक्स अफिस कब्जा गर्ने क्षमता राखेको देखिन्छ । सुकुमारको निर्देशनमा बनेको यस फिल्ममा अल्लु अर्जुनबाहेक फहद फासिल र रश्मिका मन्डन्नाको पनि शीर्ष भूमिका रहेको छ ।
फिल्म यही डिसेम्बर ५ मा हलमा रिलिज हुँदैछ । यो उत्साह बक्स अफिसमा पनि देखिने हो कि त्यो चाँहि हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण