दर्शन सहकारीको कम्प्युटर र कागजात व्यवस्थापन समितिको नियन्त्रणमा
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले दर्शन सहकारीका कम्प्युटर र कागजातहरू नियन्त्रणमा लिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको उक्त कार्यालयले मंगलबार काठमाडौँको कीर्तिपुरस्थित सहकारीको केन्द्रीय कार्यालयबाट ८ सेट कम्प्युटर, एक सेट ल्यापटप तथा अन्य कागजात नियन्त्रणमा लिएको हो ।
यसअघि कात्तिक २३ गते गएको समितिको टोलीले कार्यालय बन्द भएपछि सिल गरेर फर्किएको थियो । सुरक्षाकर्मीसहित गएको टोलीले कार्यालय खोलेर सामानहरू लिएर गएको समितिका प्रवक्ता यज्ञ दाहालले जानकारी दिए । यसका लागि सहकारीका सहायक स्तरका कर्मचारीबाट सहयोग पाएको उनले बताए ।
कार्यालयमा धेरै कागजात भएकोले अहिले तत्कालको लागि आवश्यक कागजात मात्रै लगिएको र आवश्यकता अनुसार बाँकी लैजाने दाहालले बताए । उक्त सहकारी गत जेठ तेस्रो सातादेखि बन्द छ भने सञ्चालकहरू सम्पर्कविहीन छन् । सहकारीका सीईओ सुवर्ण महर्जन सम्पर्कमा आएको र उनले समितिको काममा पूर्ण सहयोग गर्ने वचन दिएको समेत दाहालले बताए ।
अहिले उक्त सहकारीले बचतकर्ताको झण्डै डेढ अर्ब रुपैयाँ फिर्ता बाँकी गर्नुपर्ने अवस्था रहेको बताइन्छ । यद्यपि अहिलेसम्म उक्त सहकारीको बचत फिर्ताका लागि मागदाबी आह्वान भने गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण