मेस्सीको पासमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाको रोमाञ्चक जित

काठमाडौँ । फिफा विश्वकप छनोट फुटबलको आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनाले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । दक्षिण अमेरिकी क्षेत्रको बुधबार विहान सम्पन्न छनोट प्रतियोगितामा अर्जेन्टिनाले पेरुमाथि १–० गोलको रोमाञ्चक जित हासिल गरेको हो ।
जितसँगै अर्जेन्टिनाले अंक तालिकामा आफ्नो अग्रता पनि फराकिलो बनाएको छ । अर्जेन्टिना फिफा विश्वकप फुटबलको साविक विजेता पनि हो । अर्जेन्टिनाले स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा कतार विश्वकपको उपाधि चुमेको थियो ।
खेलको प्रारम्भदेखि नै पेरुले अर्जेन्टिनालाई दबाबमा राखेको थियो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । घरेलु टोली अर्जेन्टिनाले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । निर्धारित समयको ५५औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरेका हुन् ।
प्रभावशाली स्ट्राइकर मेस्सीले सृजना गरेको अवसरलाई मार्टिनेजले सदूपयोग गरेका थिए । दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा सहभागी १० वटै टोलीले १२–१२ खेल खेलिसकेका छन् । अर्जेन्टिना २५ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
अर्जेन्टिनाले हालसम्म आठ जित, एक बराबरी र तीन हारको नतिजा निकालेको छ । तालिकाको दोस्रो स्थानमा आसिन उरुग्वे २० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । १९ अंकसहित इक्वेडर तेस्रो र समान अंक बटुलेको कोलम्बिया चौथो स्थानमा छन् । सात अंकसहित पेरु १०औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोसी, सुनकोसी र हलेसी
-
अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता : मन्त्री गुरुङ
-
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
-
विगतका सरकारले खनेको योजनाहरुको खाल्डो पुर्दैछौँ : अर्थमन्त्री
-
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली
-
रेड स्क्वायर र क्रेमलिन वरिपरि