पत्रकार भेटघाट
सरकारबाट हटेपछि प्रचण्ड तिकडम खेल्दैछन् : प्रदीप ज्ञवाली
बुधबार, ०५ मङ्सिर २०८१, १५ : २०
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न तिकडम अपनाउन थालेको आरोप लगाएका छन् । बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले प्रचण्डको पछिल्ला अभिव्यक्ति तिकडमका संकेत भएको बताएका हुन् ।
‘प्रचण्डको अभिव्यक्ति बंगलादेश, श्रीलंका बनाइदिन्छु भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिले सरकारबाट हटेपछि फेरि सबैखाले तिकडम अपनाउँदै छन् भन्ने देखाएको छ’, उनले भने, ‘अराजकता मौलायो भने भ्याकुमभित्र अलोकतान्त्रिक तत्त्वले खेल्छन् । ६ सालदेखि परिवर्तनका संवाहक मुख्य कांग्रेस र एमाले हुन् ।’
उनले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण