मध्यपश्चिम विश्वविद्यालयका सबै प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न माग
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न माग गरिएको छ । विद्यार्थीहरुले बुधबार परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दीपक अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै शंकायको प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गर्नुपर्ने माग विद्यार्थीहरूको छ ।
शिक्षा संकायको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी दीपक उपाध्यायका अनुसार अहिले विश्वविद्यालयका सबै तह र सबै संकायका प्रश्न पत्र अंग्रेजी भाषामा मात्रै आउने गरेका छन् । तर सबै विषयको पढाई नेपालीमै हुन्छ । उत्तर पनि नेपालीमै लेखिन्छ ।
त्रिभुवन विश्वविद्यालयले समेत अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र प्रकाशन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले मध्यपश्चिम विश्वविद्यालयमा पनि उक्त व्यवस्था लागु गर्न आग्रह गरिएको उनको भनाइ छ ।
परीक्षा व्यवस्थापन प्रमुख अधिकारीले पनि विद्यार्थीको माग जायज भएको र यसबारे कार्यालयको तर्फबाट सक्दो प्रयास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण